spot_img
spot_img
spot_img

एमाले र माओवादी मिले सरकार बन्न सक्छ ? यस्तो छ गणित

spot_img

माओवादी केन्द्रले शनिबार बैठकबाटै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किए र नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ । यदि सत्ता गठबन्धनबाटै सरकार बनाउने माओवादीको चाहाना हन्थ्यो भने शनिबार विकल्प खुला राख्ने निर्णय गर्नुपर्ने थिएन । तर, माओवादीको यो निर्णय पहिलो चरणमै सत्ताको नेतृत्व आफैँले गर्ने रणनीतिका साथ पनि आएको हुनसक्छ । 

माओवादीको निर्णयका पछाडि जेजस्तो रणनीति भए पनि अब बन्ने नयाँ सरकार सत्ता गठबन्धनकै बन्छ भनेर ढुक्क बस्ने स्थिति भने रहेन । यसै पनि सत्ता गठबन्धनसँग स्पष्ट बहुमत नआउने देखिएकाले उसलाई नयाँ सहयात्रीको आवश्यकता थियो । त्यसमाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले सबै विकल्प खुला गरेपछि सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन पनि बन्नसक्ने सम्भावनाको ढोका खुलेको छ । 

शनिबार अबेरसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ सिटको अन्तिम परिणाम आइसकेको छ । तीन सिटको गणना जारी छ । जहाँ दुई स्थानमा कांग्रेसले एक स्थानमा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । यही अग्रता अन्तिमसम्म कायम राखे कांग्रेसको सिट ५७ पुग्नेछ भने माओवादीको १८ । यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ । नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात, सात सिट जितेका छन् । यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एकएक तथा ५ जना स्वतन्त्र छन् । 

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेकाले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४४ सिट पाउने सम्भावना छ । यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ । 

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५  सिट हुनेछ । 

 

एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ । सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले यो गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन हु्नुपर्ने देखिन्छ । 

तर, हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुनेदेखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । यी पार्टीको पनि भूमिका महत्वपूर्ण हुनेदेखिन्छ ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img