spot_img
spot_img
spot_img

डा. तोसिमा लेख्छिन्, ‘छोरी ! विवाह टुटोस्, इन्गेजमेन्ट नै टुटोस् तर तिमी नजल्नु है !’

spot_img

ललितपुर–३ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।

सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् ।राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी,

तिमी नसहनु है

छोरी,तिमी नजल्नु है ।
छोरी, म छु नि,मलाई भन्नु है ।
बरु ईज्जत जाओस्,बरु बेईज्जत होस्,
बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्,

छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है ।

भन्दै लेखेकी छिन् ।

यस्तो छ उनले लेखेको कविताः

छोरी,
तिमी नसहनु है|
छोरी,
तिमी नजल्नु है|
छोरी, म छु नि,
मलाई भन्नु है|
बरु ईज्जत जाओस्,
बरु बेईज्जत होस्,
बरु बिवाह टुटोस्,
बरु ईन्गेजमेण्ट टुटोस्,
छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,
छोरी, तिमी नजल्नु है|
यत्ति हरेक घरले भन्न सक्नुपर्छ|
विवाह टुट्दा… रिस्ता टुट्दा,

एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ|
जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो,
त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजि हो|

समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए|

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img