चितवन , सुरज परियार । भरतपुर महानगरपालिका वडा नम्बर १३ को सहयोगमा , सरल नेपालको आयोजनामा आयोजित लागुऔषध, मदाकपदार्थ तथा दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम राइनो खेल मैदानमा सम्पन्न भएको छ ।
सरल नेपालका अध्यक्ष, मनिष पौडेल सभापति तथा भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष, प्रकाश दवाडी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय गीतानगर, प्रहरी निरीक्षक नानिकाजी थापा, मिराकल फाउण्डेशन सुधार केन्द्रका प्रकाश सिके तथा युवा अभियान्ता प्रकाश पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका सभापति मनिष पौडेलले ‘समाज परिवर्तनको लागि विभिन्न कार्यक्रम ल्याउँदै गर्दा, लागुऔषध, मादकपदार्थ तथा दुर्व्यसनले समाजलाई झन् दलदलमा लगेको महशुस भएर सचेतना कार्यक्रम आयोजना गरेको बताउँनु भयो । कार्यक्रम सफल पार्न वडा नम्बर १३ ले गरेको सहयोग प्रति धन्यवाद पनि ज्ञापन गर्नु भएको थियो ।’ यस्तै, भरतपुर महानगरपालिका वडा १३ का वडा अध्यक्ष, प्रकाश दवाडिले ‘अब भौतिक बिकास गरेर मात्र समाज अघि नबढ्ने, त्यस्को लागि समाजलाई लागुऔषध, मादकपदार्थ तथा दुर्व्यर्सनीबाट मुक्त पार्नु पर्ने भनाई राख्नु भएको थियो
।’ इलाका प्रहरी कार्यालय , प्रहरी निरीक्षक नानी काजी थापाले ‘लागुऔषध तथा दुर्व्यर्सनीले समाजलाई अधोगति तर्फ लागेको र समयमै यसबारे सचेतना फैलाउन नसके यस्ले समाजबाट बिस्थापित हुनु पर्ने स्थिीति आउँन सक्ने आशंका व्यक्त गर्नु भयो ।’
पुष १ गते विभिन्न विद्यालयमा गएर लागुऔषध, मादकपदार्थ तथा दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको सरल नेपालले यहि पुष २ गते , शनिबार स्थानिय बासिन्दालाई उक्त सचेतना कार्यक्रम सहभागि गरेको थियो । दुई दिन सम्म संचालन गरिएको उक्त सचेतना कार्यक्रमबाट करिब दुई हजार भन्दा व्यक्ति सहभागि भएका थिए ।