चीनकी ३८ वर्षीया गायिका जेन झाङले आउँदो नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना सङ्क्रमण गराएकी छन्। चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर झाङले आफूलाई कोरोनाको सङ्क्रमण पहिल्यै गराएकी हुन् । नयाँ वर्षसम्ममा उनी यसबाट निको भई आफूमा एन्टिबडी विकास गर्न सकोस् भनेर उनले यस्तो गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा यो जानकारी दिएकी हुन् ।
झाङले सामाजिक सञ्जालमा आफूले जानाजानी कोरोना सङ्क्रमित भएको खुलासा गरेकी थिइन् । झाङले लेखेकी छिन्- ‘नयाँ वर्षको प्रदर्शनमा मेरो स्वास्थ्य बिग्रन सक्छ भन्ने चिन्तामा थिएँ, त्यसैले मैले कोभिड पोजेटिभ भएका मानिसहरूलाई भेटेँ किनभने मसँग अहिले भाइरसबाट निको हुने समय छ।’