विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ ।
‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन ।