spot_img
spot_img
spot_img

मधेशको मुख्यमन्त्रीमा तीन पार्टीको दाबी !

spot_img

केन्द्रमा भएको  राजनीतिक समीकरणको तरंग मधेशसम्म पुगेको छ । केन्द्रमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका पार्टीले मधेशमा मुख्यमन्त्रीका लागि आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

नेकपा एमाले ठुलो दलका हैसियतले मधेशको नेतृत्व आफ्नो हुनु पर्ने अडानमा छ । जसपा र जनमत पार्टीले पनि केन्द्रमा सरकारलाई समर्थन गरेका कारण मधेशमा आफ्नो नेतृत्व हुनु पर्ने दाबी गरिरहेका छन् । मुख्यमन्त्री, सभामुख र महत्वपूर्ण मन्त्रालयमा भागबण्डा हुने गरी सहमतिको खोजिने नेताहरूको भनाइ छ ।

अहिलेसम्म कुनै पनि दलले संसदीय दलको नेता नछानेको मधेशमा विशेषगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्रीका लागि लविङ गरिरहेको पाइन्छ । मधेशमा सरकार बनाउन ५४ जना सांसदको समर्थन चाहिन्छ।

नेकपा एमाले २३ सिटसहित सबैभन्दा ठूलो दल छ। कांग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको ७ सांसद छन्। यस्तै, स्वतन्त्रले ६ र राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक—एक सिट जितेको छ।

केन्द्रमा भएको गठबन्धन अनुसार मधेसमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा सदस्यको संख्या जोड्दा ६२ पुग्छ। यही गठबन्धनले सरकार बनायो भने मुख्यमन्त्री को हुने रु कुन पार्टीबाट बनाउँने भन्ने विषय पेचिलो बनेको हो ।

एमालेबाट प्रदेशसभा सदस्य राजकुमार लेखी र रामचन्द्र मण्डल संसदीय दलका नेताका लागि दाबेदार छन्। जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोज यादव र पूर्वउपनेता रामअशिष यादव दलको नेताका प्रमुख दाबेदार छन् भने  जनमत पार्टीले मधेसको मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान राखे पनि अहिलेसम्म संसदीय दलको नेता को बन्छ भन्ने विषय टुङ्गाएको छैन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img