जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो । त्यो दुई दिनको आज अन्तिम दिन हो । आज दिनभरमा टुगिंएन भने भोलि चुनावको प्रकृयामा जाने बताइएको छ ।
समितिले चुनावको समय तालिका भोलिका लागि तय गरेको छ । यता, पार्टीमा सहमतिका लागि प्रयास भइरहेको छ । छलफलका लागि आज संसदीय दलको बैठक बोलाएको छ ।
चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।