spot_img
spot_img
spot_img

विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

spot_img

विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन भएको छ । लामो समयदेखि उपचाररत पेलेको ८२ वर्षको उमेरमा गत राति निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनको मृत्युको पुष्टि उनकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममार्फत गरेकी हुन् । पेले पेटको क्यान्सरसँग लडिरहेका थिए । उनले केमोथेरापी उपचारमा पनि प्रतिक्रिया दिन बन्द गरेका थिए। पेलेलाई सबै समयका उत्कृष्ट फुटबल खेलाडीहरूमध्ये एक मानिन्छ र तीन पटकको विश्वकप विजेता पनि हुन्। छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छिन्– ‘हामी जे छौँ, त्यो तिम्रो कारणले हो । हामी तपाईँलाई धेरै माया गर्छौँ। आत्माले शान्ति पाओस्’।उनले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन्  १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए।

पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीन वटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट संन्यास लिएका थिए।पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img