spot_img
spot_img
spot_img

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

spot_img

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा समसामयीक विषयमा छलफल भएको छ ।

भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एवं नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, उनले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग आगामी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार भारतीय सहयोगमा निर्माण भइरहेको आयोजनाहरूमा देखिएका समस्या समाधान गर्ने लगायत विषयमा समेत छलफल भएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्ने लगायतका कुरा राखे ।

यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षबाट समाधान गरिनुपर्नेमा दुवै पक्ष सहमत भएका छन् । भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img