spot_img
spot_img
spot_img

पायल्स हुँदा के खाने ? के नखाने ? के छ निको पार्ने घरेलु उपचार ?

spot_img

पायल्स सामान्यतया मलद्वार सङ्ग सम्बन्धित रोग हो । हाम्रो गलत जीवनशैली र खानपानका कारण आजकाल धेरैलाई हुने गर्दछ ।चिकित्सकका अनुसार जीवनशैलीमा ल्याएको परिवर्तनबाट पायल्स निको हुन सक्छ । चिसो मौसममा तातो खाने कुरा भन्दै खाएको गलत खानपानले बढी हुने गर्छ । पायल्स हुँदा के के खाने र के के नखाने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । साथै निको पार्न घरेलु उपाय के छन् भन्ने विषयमा पनि चर्चा गरिएको छ ।

के नखाने ?

– पायल्स भएमा चिल्लो, पिरो, तथा मसला खानु हुँदैन ।

– पायल्सको समस्या देखिन थालेको भए माछा मासु खानु हुँदैन ।

– दैनिक शारीरिक व्यायाम र योग गरेमा पायल्स क्रमशः निको हुनसक्छ ।

– बासी खानेकुरा, कालो दाल, अदुवा, चना, पुरानो अचार खान छाड्नु पर्छ ।

– चिया, चुरोट तथा मदिरा पायल्सका रोगीले खानुहुँदैन ।

– अमिलो, बासी खानेकुरा खानु हुँदैन ।

– पायल्सको समस्यामा चना, बैगुन, आलु पनि खानु राम्रो हुँदैन ।

– पायल्सका बिरामीले बोतल बन्द खानेकुराहरू खानु हुँदैन ।

– सकेसम्म खाली पेट बस्नु हुँदैन ।

– पायल्सको लक्षण देखिएको भए अबेरसम्म नसुत्ने बानी त्याग्नु पर्दछ ।

के खाने ?

– चोकर सहितको गहुँको पिठोको रोटी खाने ।

– जौ, ब्राउन राइस खानाले पनि पायल्स निको हुन्छ ।

– नियमित प्रशस्त पानी पिउने ।

– काँचो मुला, काँक्रो, गाजर, हरियो सागपात काँचै खाँदा पनि पायल्सबाट आराम मिल्छ ।

 

पायल्स निको पार्ने घरेलु उपचार

– पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहान बेलुकी मासु बढेको ठाउँमा तीन महिनासम्म लगाएमा पायल्स पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि कम हुँदै जान्छ ।

- Advertisement -

– अनुमानित १० लिटर पानीमा फिटकीरीको एक टुक्रा राखेर उक्त पानीमा मलद्वार चोबेर दैनिक दश मिनेट बसेमा पायल्सको पिडाबाट राहत मिल्छ ।

– नरिवलको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसँग खादा पनि पायल्सको पिडा निको हुन्छ ।

– मुलाको बिउको धुलो तोरी तेलमा फिटेर मलद्वारमा लगाउँदा पायल्सबाट राहत मिल्छ ।

– नियमित आफ्नो पिसाबले मलद्वार धोएर केही बेर पायल्सबाट आराम मिल्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img