spot_img
spot_img
spot_img

मेयर रेनु दाहालद्धारा एकै दिन ४ वटा डिप बोरिङको उद्घाटन

spot_img

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा ४ वटा ठुला डिपट्युबवेल सिँचाई प्रणालीको उद्घाटन गर्नुभएको छ ।शुक्रबार भरतपुर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ वटा डिप बोरिङको उद्घाटन गर्नु भएको हो ।चितवन भूमिगत संयोजनात्मक जल सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार ४ वटा डिप बोरिङ रु ३ करोड ४७ लाख ३१ हजार आठ सय पैसठी रुपैयाँ लागतमा निर्माण भएको हो ।

डिप बोरिङहरु पूर्ण रुपमा सञ्चालनमा आएसँगै भरतपुर २३ का १ सय २० विघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ ।प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० विघा क्षेत्रफल जग्गालाई प्रयाप्त रुपमा सिँचाई गर्न पुग्छ । उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले सिँचाईको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाईका योजना अगाडि बढाएको बताउनुभयो । कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरि सिँचाइको दियो अभियान अन्तगर्त नारायणी लिफ्ट सिँचाईको मर्मत गर्ने काम भैरहेको बताउनुभयो । उहाँका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्यूब वेल निर्माणको कार्य अगाडि बढाईएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर महानगरपालिकामा सिँचाईको अभाव नहुने दाहालको दाबी छ । आफ्नो पाँच बर्षे कार्यकालमा ५६२ वटा ट्यूबेल निर्माण भएको बताउनुभयो । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत १२ महिना नै सिँचाईको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भईरहेको प्रमुख दाहाललको भनाई छ ।

चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २ सय शयालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिनुभयो ।सिँचाईको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरपतुर २३ का स्थानीय ईश्वर प्रसाद सापकोटाले १२ महिना सिँचाई हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताउनु हुन्छ । धेरै वर्षदेखि सिँचाईको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गर्नुभयो ।भरतपुर २३ का अर्का कृषिक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफु पूर्ण रुपमा आशावादी रहेको सुनाउनुभयो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img