spot_img
spot_img
spot_img

स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल माघ २८ गतेदेखि हुने

spot_img

स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल माघ २८ गतेदेखि हुने भएको छ ।चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्टहाउस चौरमा फागुन ४ गते गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार ५०० प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img