spot_img
spot_img
spot_img

गृहले माग्यो देशभर खटिएका ‘सिभिल’ प्रहरीको विवरण

spot_img

गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् ।गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । ‘मापदण्ड बनाएर परिचालन गरिएको छ’ एसएसपी थापाले भने–‘उनीहरु केन्द्रीय रूपमा खटिन्छन्, टिओआर पनि निर्धारण गरिएको छ ।’नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ ।

सुरक्षा सङ्गठनहरूले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्नका लागी विवरण मागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘सादा पोसाकमा खटिएका सुरक्षाकर्मीलाई कार्यविधि बनाएर व्यवस्थित गर्दै छौं, आवश्यकता भन्दा धेरै परिचालन गरेको पाइए फिर्ता गर्छौँ ।’

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img