spot_img
spot_img
spot_img

चितवन निकुञ्जमा ६ महिनामा सात गैंडा मरे

spot_img

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाकाे मृत्यु भएकाे छ । याे आर्थिक वर्षकाे ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

निकुञ्जकाे गस्ती टाेलीले हिजाे आइतबार बिहान पाैने ६ बजेतिर निकुञ्जकाे पश्चिम क्षेत्रमा एउटा पाेथी गैंडा मृत भेटेको थियाे । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले याेसहित चालू आर्थिक वर्षमा सात गैंडाकाे मृत्यु भएकाे जानकारी गराएका छन् ।निकुञ्जकाे नियमित संयुक्त गस्ती टाेलीले अमलटारी क्षेत्र अन्तर्गत कुजाैली रेन्जपाेष्ट नजिककाे नारायणी नदीकाे भंगालाेकाे किनारमा गैंडा मृत फेला परेकाे तिवारीले बताए । जन्दाजी १८ वर्षकाे उक्त गैंडाकाे खाग र खुर सुरक्षित रहेकाे हुँदा गैंडा प्राकृतिक कारणले मरेकाे हुनसक्ने निकुञ्जले जनाएकाे छ ।

गैंडा दुर्लभ वन्यजन्तु मानिन्छ । यसकाे नाकमाथि हुने सिङजस्ताे वस्तु खागका लागि चाेरी सिकारीले गैंडा मार्ने गर्छन् । तर पछिल्ला वर्षहरूमा खागका लागि तस्करहरूले गर्ने चाेरी सिकारी नियन्त्रणमा आए पनि कालगति, जुधेर र अन्य दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढेकाे बताइन्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img