नेपाल चलचित्र कलाकार संघको अहिले सम्मा अध्यक्षमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यही चैत ४ गते काठ्माण्डौमा हुने १९ अधिवेशनबाट नेतृत्व लिने दाउमा कलाकारहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
अध्यक्षको दाबी गर्नेहरुमा अभिनेता सुशान्तकुमार श्रेष्ठ, सविन श्रेष्ठ, मोहन निरौला, अभिनेत्री रेजिना उप्रेतीको नाम चर्चामा छ । २२ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय सुशान्तकुमार चलचित्र विकास बोर्ड सल्लाहकार समिति सदस्य समेत हुन् ।मकवानपुर घर भएका सुशान्त कुमार श्रेष्ठ समय, दबाब, हल्दार सुन्तली, किस्मत दुई, मिसन पैसा रिलोटेड, डाँडाको वरविपल लगायतका चलचित्रमा अभिनय गरेका छन् । फन्को, संरक्षण, पञ्चायत, पिञ्जडा व्याक अगेन, लभसब लगायतका चलचित्रहरु निर्माण गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्–अग्रजहरुलाई सम्मान अनि युवापुस्तालाई प्रोत्साहन गर्दै सबै अटने अनि सबै जुटने कलाकार संघलाई अझ मर्यादित र व्यावसायिक बनाउदै लाने अठोटका अध्यक्ष पदको उम्मेदवारी दिदैछु ।
अभिनेता सविन श्रेष्ठ पनि चुनावी मैदानमा छन् । हवल्दार सुन्तली, हिरो रिटन्र्स, लक्ष्य, नमस्ते नेपाल, रावण, वर्षात, भाग सानी भाग, दमदार लगायतका चलचित्रमा अभियान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–बोलेर भन्दा गरेर देखाउनेछु, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु ।” उनले कलाकार संघमा नयाँपुस्ता ल्याउन लाग्ने बताए ।
अध्यक्षका दाबेदार कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आर्दश नारी, बेहुली, स्वर्ग, नाता, आर्शिवाद, जन्म मत्यु, अजम्बरी नाता, रावण लगायतका १ सय बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले सम्पति, पुकार, जन्मभूमि जस्ता चलचित्रका निर्देशक समेत हुन् । उनी कला, साहित्य, संस्कृति र चलचित्र क्षेत्रमा भएको अतिक्रमणविरुद्ध ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’समेत चलाउँदै आएका छन् । निरौला वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । संघमा गरेको काम र कलाकारिता क्षेत्रमा पाएको अनुभवकै कारण अध्यक्षमा दाबी गरेको बताएका छन् ।