चितवनको भरतपुर महानगरपालिका–२९ को वडा कार्यालय नजिकै श्रीमान् श्रीमती मृत भेटिएका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय नजिकै खेतबारी भन्ने ठाँउमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरिसकेको छ । शवलाई भरतपुर अस्पताल ल्याएर पोसमार्टम गरि थप अनुसन्धान गरिरहेको छ ।