spot_img
spot_img
spot_img

यस्तो छ तपाईँको आजको राशिफल

spot_img

आज २०७९ साल पुस २७ गते बुधबार । सन् २०२३ जनवरी ११ । नेपाल संवत् ११४३ । माघ कृष्ण पक्षकाे चतुर्थी तिथी । चन्द्रमा सिंह राशीमा । सूर्योदय ६:५७ । सूर्यास्त ५:२७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ ।

 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । धार्मिक यात्रा तय होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

 मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा बिघ्नबाधा आइलाग्नेछ, खानामा गडबडी हुन सक्नेछ । व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जोशजाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img