निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्मको निर्देशन गर्ने भएका छन् । केबल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ ।यो फिल्ममा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड अफ प्रोडक्शन रहने फिल्ममा सौरभ लामाको छायांकन रहने पक्का भएको छ ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ ।फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माणपक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङ्गले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो फिल्म निर्माण गर्र्दछौं ।’