spot_img
spot_img
spot_img

ईसेवाकाे अफर : दिनकाे १ रुपैयाँमै हेल्थ केयर सुविधा

spot_img

ईसेवाबाट दैनिक १२ रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ ।ईसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा भवितव्य दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा ल्याएकाे हाे ।

याे सुविधा प्रयोग गर्न ईसेवाको मोबाइल एपमा गई ईसेवा केयर सेवाअन्तर्गत दैनिक १ रुपैयाँभन्दा कमका दरले १ वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिन्छ । यसका साथै अन्य थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बिमा प्याकेज र दुर्घटना बिमाको सुविधा लिन सक्नेछन् ।हिमालयन एभरेस्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा २ लाख ३० हजारसम्मको बिमा दाबी गर्न सकिनेछ ।

यस प्याकेजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा २४ घन्टाभन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनका लागि निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ ।ईसेवा केयर खरिद गरेका ग्राहकहरूलाई २ लाख ३० हजारसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, १ सय ईसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त एकाइमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा ५०० सम्म छुट, आवरन छाला र कपाल क्लिनिकमा १० प्रतिशत, द ब्युटी बार नेपालमा २० प्रतिशत छुटको सुविधा छ ।

यसैगरी हिमालयन एभरेस्ट इन्स्योरेन्समार्फत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च १ लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च १ लाखसम्म, अन्त्येष्टि यातायात खर्च १ लाखसम्म, अन्त्येष्टि खर्च १० हजारसम्म जस्ता सुविधा छन् ।यसैगरी आकस्मिक चिकित्सा कभरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च १ लाखसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बिमितको मृत्यु भएको खण्डमा बिमितको पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च १० हजार रूपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बिमा गरिएको अवधिभित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ ।

साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बिमकले आफ्नो व्यावसाय पूर्ण रूपमा सञ्चालान गर्न नसकेमा २६ हप्तासम्म बिमाको ५ प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बिमा प्योकज खरिद गरेका व्यक्तिले बिमा दाबी गर्न ३५ दिनभित्र हिमालयन एभरेस्ट इन्स्योरेन्स्मा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ ।

हाल एन्ड्राेइड तथा आइओएस मोफाइलमार्फत ६५ लाखभन्दा बढी ग्राहकले ईसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका १ लाख ६० हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।

ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img