बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा आगामी माघ ४ गतेदेखी १५ गते सम्म महोत्सव आयोजना हुदैछ । कृषि,पर्यटन ,व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रबर्धनका लागि महोत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए ।
खैरहनी २ लदरी खोला किनारमा आयोजना गरिने महोत्सवको ८० प्रतिशत काम सम्पन्न भईसकेको संघका अध्यक्ष एवंम महोत्सव संयोजक श्रेष्ठले वताए । महोत्सवका लागि मुल गेट,स्टल निर्माणसहित पत्राचारको काम करिव सकिएको र वाल उद्यान निर्माणको काम भईरहेको संयोजक श्रेष्ठले जानकारी दिए । यस पटकको महोत्सवलाई आर्कषक वनाउन सेल्फी जोनको व्यवस्था गर्न लागिएको छ । जनावरहरुको डेमो राखेर सेल्फी जोनको व्यवस्था मिलाउन लागिएको संयोजक श्रेष्ठले जानकारी दिए ।