spot_img
spot_img
spot_img

सन्दीप लामिछाने २० लाख धरौटीमा आज छुट्दै

spot_img

सन्दीप लामिछाने धरौटीमा आज छुट्दै छन् । बिहीबार २० लाख धरौटीमा छुट्ने आदेश भए पनि कागजी प्रक्रियाका लागि समय नभएको भन्दै आजका लागि छुट्ने मिति तोकिएको थियो ।

नेपाली क्रिकेट टीमका पूर्वकप्तान लामिछानेलाई  पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम आज धरौटी तिरेर छुट्ने भएका हुन् । २० लाख धरौटी तिरेर छुटे पनि लामिछानेले केही शर्तहरु पालना गर्नु पर्ने छ । पाटन उच्च अदालतले दिएको आदेशमा मुद्दाको फैसला नभएसम्म सन्दीपलाई नेपालबाहिर जान रोक लगाइएको छ ।

जाहेरीकर्ता र उनका परिवारसँग भेटघाट, सम्पर्क, त्रास, दबाब नदिन र उनीहरूलक्षित कुनै सामग्री सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा टीप्पणी नगर्न आदेशमा भनिएको छ ।  कुनै काम विशेष कारण सन्दीपले काठमाडौँ छाड्नुअघि उपत्यका छाड्ने र फर्कने मिति साथै बस्ने ठाउँ खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौँलाई लिखित जानकारी दिनुपर्नेछ ।

सन्दीपको गतिविधि निगरानी गर्ने, मोवाइल नम्वर, टेलिफोन नम्वरमा सेवा प्रदायक संस्थामार्फत पहुँच राखी सो संग सम्बन्धित सामग्री वा विवरणको संचार अभिलेख गर्नको (लफुल इन्टरसेप्सन) लागि प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने र मागेको बेला अदालतलाई दिन प्रहरीलाई आदेश गरिएको छ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img