spot_img
spot_img
spot_img

दश वर्षमा १ हजार बढीको मिर्गौला प्रत्यारोपण

spot_img

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा १ हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल ३ सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए।केही वर्षयता औसत वार्षिक २ सय जनाका दरले प्रत्यारोपण हुन थालेको जानकारी दिँदै उनले नेपालमा आफ्नो नेतृत्वमा १ हजार ४८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको बताए। डा. श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

एउटा केन्द्रमा एक हजार जनाको मिर्गौैला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उनले बताए। विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको भन्दै उनले रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको अनुमान छ ।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनि करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । उनीहरूमध्ये धेरैको मिर्गौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुने गर्दछ । डा. श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् अङ्गदान तथा अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि हालसम्म नगन्य सङ्ख्यामा मात्र प्रत्यारोपण भएको जानकारी दिए । उनले मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा छ वर्षको अवधिमा जम्मा चार जना अङ्गदाताबाट प्राप्त आठवटा मिर्गौला र दुईवटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको बताए।

गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनको भनाइ छ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img