spot_img
spot_img
spot_img

चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ आजबाट देशभरिका हलमा प्रदर्शनमा

spot_img

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र’तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘तिम्रो मेरो साथ’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घरबाट बहुप्रतिक्षीत चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ।चलचित्र ‘डिसेम्बर फल्स’ लाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् ।

चलचित्रलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका रूपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । ‘तिम्रो मेरो साथ’मा कथा, गीत र लगानी रमेश एमके पौडेलको रहेको छ ।

‘गुञ्जन’

यस्तै आजबाट नै अर्को चलचित्र ‘गुञ्जन’ पनि देशभरिका सिनेमा हलहरुमा प्रदर्शनमा आएको छ ।चलचित्र ‘गुञ्जन’ लाई अष्टमान महर्जनले निर्देशन गरेका हुन् ।चलचित्रमा सारा सिर्पाली, कविर खड्का ,,प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।महेश दवाडीले लेखेको फिल्म राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौ र दुवईमा खिचिएको फिल्मको बितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img