spot_img
spot_img
spot_img

जितु नेपाल र साम्राज्ञीको चलचित्र ‘ह्यारीकी प्यारी’को चितवनबाट मोफसल टुर सुरु

spot_img

चलचित्र ह्यारी की प्यारीको मोफसल टुर चितवनबाट सुरु भएको छ । माघ २० गतेदेखि देशव्यापी सञ्चालनमा आउन लागेको चलचित्रको युनिट चितवन आइपुगेको हो ।

चलचित्रमा नायकको भूमिकामा रहेका कलाकार जितु नेपालले परीक्षा राम्ररी दिएकाले राम्रो अंक सहित पास हुने बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कथा अनुसारको पात्रका रुपमा आएको छु, फरक लुक्स र फरक चरित्रमा दर्शकले हेर्न पाउनेछन् ।” उनले हास्यकलाकारको भूमिका भन्दा पनि गहन कथामा अभिनय गरेको दाबी गरे । सहअभिनेताका रुपमा धेरै फिल्मबाट अवार्ड पाएपनि मूख्य भूमिकामा रहेको ह्यारी की प्यारीले आँफुलाई युर्टन गर्न सक्ने अपेक्षा लिएको बताए ।नायिका साम्रात्री राज्य लक्ष्मी शाहले रोमान्टिक तथा कमेडियन चलचित्र भएको बताइन् । “यो फिल्म आँफैमा धेरै राम्रो बनेको छ”, उनले भनिन्, “हामीले मिहेनत गरेका छौँ, अब दर्शकको मन जित्नमात्रै बाँकी छ ।”

अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिएकी छन् । चलचित्रका निर्देशक डा. कपिल रिजालले चलचित्रलाई नेपाली बाहेकका अन्य ४ भाषामा समेत डबिङ गरी विदेशमा समेत प्रर्दशन गर्ने तयारीमा रहेको बताए । हिन्दी, पञ्जाबी, मराठी, बंगाली भाषामा चलचित्र डबिङ भैसकेको बताए । “फिल्म बनाउँदा उच्चस्तरका प्रविधिहरु प्रयोग भएका छन्”, उनले भने, “विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्ने खालको बनेको छ ।” पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । डा. भोला रिजालको गीत रचना रहेको छ । छायाँकन गरेका सुदीप बरालले पर्वत र काठ्माण्डौका रमणीय दृश्यहरु समावेश गरिएको बताए ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img