spot_img
spot_img
spot_img

पोखरा विमान दुर्घटना अपडेटः ११ जनाको सनाखत, चारजना अझै बेपत्ता

spot_img

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ ।

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए ।

उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइनेछ भने । काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाएको उनको भनाइ थियो ।दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो ।

दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी अस्पतालमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरत खत्रीले जानकारी दिए ।

दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालसहित ३१ वटा अस्पतालमा राखिएको छ ।

सनाखत हुनेहरू

निशान्त आचार्य

संगीता शाही

डा. सुशील श्रेष्ठ

डा. सेना दिवाकर

१० महिनाका रियान पौडेल

अदाकत अलिमिया,

लक्ष्मी पौडेल

प्रसिद्धी पौडेल

अरुण पौडेल

पूर्णकुमार गुरुङ

कोरियन नागरिक यू क्यानगुल

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img