प्रतिनिधिसभाको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।घिमिरे सत्ता साझेदार दलबाट सभामुखका साझा उम्मेदवार हुन भने न्यौपाने नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार हुन् ।
नेपाली कांग्रेस लगायत सत्ता बाहिर रहेका जसपा, नेकपा एस लगायतका पार्टीले सभामुखका लागि उम्मेदवारी दिएका छैनन् ।