spot_img
spot_img
spot_img

घिमिरेको राजनीतिक उचाइ : मदन भण्डारीका समकालीन, प्रतिनिधिसभाकाे पहिलाे यात्रामै सभामुख

spot_img

नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख निर्वाचित भएका छन् । गत निर्वाचनमा झापा–२ बाट निर्वाचित घिमिरे एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन जितेका घिमिरे पहिलो यात्रामै सभामुख बन्न सफल भएका हुन् ।

एमालेमा उनलाई कुशल संगठकका रूपमा चिनिन्छ । संसदमा घिमिरेको पक्षमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

त्यसैगरी, सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।बिहीबारको संसद बैठकमा २६८ सांसदको उपस्थिति थियो । त्यसमध्ये १६७ सांसदले घिमिरेको पक्षमा मतदान गरे भने १०० जनाले न्यौपानेलाई मत दिए । एक जना सांसद भने तटस्थ रहेका थिए ।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन् ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img