spot_img
spot_img
spot_img

मृत्युपश्चात् अङ्गदान गर्ने प्रधानमन्त्रीद्वारा घोषणा

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गरेका छन् ।शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मृत्यु पश्चात् आफूले शरीरका सबै अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन।  यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको छ । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’ अघिल्लोपटक आफू प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गरको प्रधानमन्त्रीले स्मरण गरे ।

केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहको बताए ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img