spot_img
spot_img
spot_img

सत्ता गठबन्धनबाट रास्वपाकी इन्दिरा रानामगरले दिइन् उपसभामुखमा उम्मेदवारी

spot_img

सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

रानामगरले शुक्रबार उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
इन्दिरा झापाकी हुन् । ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img