spot_img
spot_img
spot_img

सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रबाट

spot_img

झापा–२ बाट निर्वाचित एमालेका नेता देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भए । बिहीबारको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुखमा निर्वाचित गरेको हो ।

सत्तारूढ दलमा नेकपा एमालेलाई सभामुख दिने गरी भएको सहमतिअनुसार घिमिरे सभामुख निर्वाचित भएका हुन् । उपसभामुखको निर्वाचन माघ ७ गते शनिबारका लागि तोकिएको छ । सत्तारूढ दलहरूले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने सहमति गरेका छन् । सोही अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय ग¥यो । पार्टीको निर्णयअनुसार, राना मगरले शुक्रबार उपसभामुखको उम्मेदवारी दर्ता गरेकी छिन् ।

एमालेले उम्मेदवार बनाएको देवराज घिमिरेले प्रतिनिधिसभामा १६७ मत ल्याएर सभामुख निर्वाचित भए । उपसभामुखको निर्वाचनमा पनि सभामुख निर्वाचनकै जस्तो राजनीतिक समीकरण प्रतिनिधिसभामा कायम रहने अवस्था छ । त्यसो हुँदा रास्वपाकी राना मगर उपसभामुख निर्वाचित हुने सम्भावना प्रवल छ । तर, संयोग यस्तो बन्यो कि, प्रतिनिधिसभाको सभामुख र उपसभामुखको प्रतिनिधित्व एउटै जिल्ला र उही निर्वाचन क्षेत्रबाट हुने भयो ।

उपसभामुखकी उम्मेदवार राना मगर झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बुटाबारीकी स्थानीय हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको थियो । सभामुख घिमिरेको निर्वाचन क्षेत्र पनि त्यही हो । उनको स्थायी बसोबास झापाको अर्जुनधारा नगरपालिका– ६ मा पर्छ । राना मगर बालअधिकार, बालबालिका संरक्षणको क्षेत्रमा काम गर्दै आएकी छन् । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।तर, सभामुख निर्वाचनको राजनीतिक समीकरण र नतिजा हेर्दा यादव उपसभामुख बन्ने अवस्था देखिदैन ।

घिमिरे सभामुख निर्वाचित हुँदा सत्तारूढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदहरुले पनि सघाएका थिए । उपसभामुखको निर्वाचनमा पनि सोही राजनीतिक समिकरण कायम रहने अवस्था छ ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img