spot_img
spot_img
spot_img

खैरहनी महोत्सव घुम्दा स्कुटर जित्नेदेखी विभिन्न स्थानमा छुटको अफर

spot_img

 खैरहनीमा बुधबारबाट सुरु भएको बागमती प्रादेशिक एवंम् दोस्रो खैरहनी महोत्सव घुम्नेमध्य ३ जना भाग्यमानीले उपहार पाउने भएका छन् । महोत्सव अवलोकन गर्नेहरुमध्यबाट लक्की ड्र गरेर स्कटुर , वासिङ मेसिन र स्मार्ट टि भी प्रदान गरिने आयोजकले जनाएको छ ।

५० रुपैयाँको टिकट काटेर महोत्सव अवलोकन गर्नेहरुमध्य एकजना भाग्यमानीले बम्पर उपहारमा यामाहाको स्कुटर पाउने उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सवको मूल संयोजक दिपेन श्रेष्ठले जानकारी दिए । लक्की ड्र मार्फत नै वासिङ मेसिन र स्मार्ट टि भी समेत उपहारमा प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै खैरहनी महोत्सवको टिकटले पर्सा बजारमा रहेको म्याङ्गो जनज्योती हलमा चलचित्र हेर्दा ५० रुपैयाँको छुट पाउने छन् ।

अवलोकनकर्ताले आफूले काटेको टिकट सुरक्षित साथ राख्नुपर्ने र पछि लक्की ड्र मा विजेता भएपछि टिकट लिएर आए मात्रै उपहार पाइने महोत्सवको प्रचारप्रसार समितिका संयोजक प्रशान्त अधिकारीले जानकारी दिए । त्यस्तै महोत्सवको टिकटले पर्सा बजारमा रहेको मेगा पोलिक्लिनिकमा सेवा लिदाँ १० प्रतिशत छुट , चितवन डेन्टलमा सेवालिदाँ १० प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक अधिकारीले बताए ।

 

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img