spot_img
spot_img
spot_img

आज मिति २०७९ साल माघ १० गते मंगलवार, आजको राशिफल

spot_img
तदनुसार सन् २०२३ जनवरी २४ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
वृष – रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ।
मिथुन – आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।
कर्कट – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अतस् स्वास्थ्य प्रति सजग रहनु पर्छ।
सिंह – प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ।
कन्या – आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ।
तुला – आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।
वृश्चिक – कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।
धनु – नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
मकर – धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।
कुम्भ – कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।
मीन – घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला।
विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img