spot_img
spot_img
spot_img

अमेरिकामा दुई दिनभित्रै दोस्रोपटक गोलीबारीको घटना : सात जनाको मृत्यु

spot_img

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना भएको छ ।

सान माटेओ काउन्टी शेरिफको कार्यालयका अनुसार धेरै व्यक्ति घाइते भएका छन् र एक संदिग्धलाई हिरासतमा लिइएको छ ।दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटर टाढा छ । घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेसनको पार्किङमा फेला पारेको जानकारी दिएको छ र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यसै कारबाट बरामद भएको थियो ।

विज्ञापनspot_img
विज्ञापनspot_img

सम्बन्धित समाचार

-विज्ञापन-spot_img

ताजा खबर:

-विज्ञापन-spot_img

लोकपृय:

- विज्ञापन -spot_img