spot_img
spot_img

इनिसियल ब्यापारमा अब्बल अनमोल केसी, बुधवार आउँदैछ छड्के २ को ट्रेलर

spot_img
spot_img
इनिसियल ब्यापारमा अब्बल मानीएका अभिनेता हुन ‘अनमोल केसी’। उनी अभिनित फिल्म हलमा लाग्दा आम दर्शकहरुमा एककिसिमा उत्साह हुने गरेको छ । धेरैले अड्कल लगाउदै आएका पनि छन अनमोल एउटा यस्ता कलाकार हुन जसको स्टारभ्यालु निकै उच्च छ ।
उनका हरेक फिल्म चल्दा फिल्मी बजारमा ब्यापारलाई लिएर हल्ला खल्ला हुने गरेको छ । फिल्मी बजारमा उनको पारिश्रमिक चर्को हुने कारण नै उनको फिल्म हलमा लाग्दा हुने इनिसियल ब्यापारले नै हो । फिल्म हलमा लागेको पहिलो र दोस्रो दिन दर्शकलाई हलमा तान्न सक्ने क्षमता हुनुनै स्टारभ्यालु हो, जुन अनमोल केसीमा छ । यिनै अनमोल केसी स्टारर फिल्म छड्के २ आउदो फाल्गुन १९ गते रिलिज हुँदैछ । ‘छड्के २’ अहिले आईरहेका फिल्म भन्दा धेरै नै महत्वकांक्षी छ । बिषेशत अनमोल केसी यस फिल्ममा ग्याङस्टार लुक्समा प्रस्तुत भएका छन, जुन यो भन्दा अगाडि उनी कुनै पनि फिल्ममा देखिएका थिएन ।
फिल्मको अहिले सम्मको प्रचार सामाग्रीमा अनमोललाई शरीरभर ट्याटु खोपेको बुलेट बाईकमा हातमा खुँडा बोकेको ग्याङको लिडरको रुपमा देखाएको छ । फिल्ममा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँलाई निर्देशक निगम श्रेष्ठले पर्दामा उतार्न खोजेका छन । फिल्मको स्टोरी नै मनाङको प्राकृतिक सम्पदालाई उत्खन्न गर्न पल्किएका ग्याङले कसरी प्राकृतिक सम्पत्ति यार्सागुम्बुलाई आफ्नो कब्जा लिएका हुन्छन भन्ने देखाएको छ । ग्रीन ग्याङको लिडर बनेका अनमोल केसी फिल्ममा मेनडग को भूमिकामा प्रस्तुत भएका छन । फिल्मको आउदो बुधवार ट्रेलर सार्वजनिक हुँदैछ भने त्यसको केही दिनपछी भिटेनले गाएको गीत पनि आउँदैछ ।
फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ । मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादनछ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img