spot_img
spot_img

थुनामै राख्नुपर्ने र विदेश जान पाउनुपर्ने मागका दुई निवेदन मल्ल र चुडालको इजलासमा सुनुवाइ

spot_img
spot_img

सन्दीप लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

यस्तै, लामिछानेका तर्फबाट क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित परेको निवेदनमा पनि सुनुवाइ हुँदै छ । यी दुवै निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा संयुक्त रूपमा सुनुवाइ हुन लागेको हो ।लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।

तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उच्च अदालतको प्रमुख सर्तमध्ये लामिछाने नेपालबाहिर जान नपाउने पनि एक हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img