spot_img
spot_img

प्रचण्डले ‘ट्याक्टिस’ प्रयोग गरेर ओलीको निरंकुश बन्ने सपना तोडियो :नारायण दाहाल

spot_img
spot_img

माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य नारायण दाहालले प्रचण्डले ‘ट्याक्टिस’ प्रयोग गरेर ओलीको निरंकुश बन्ने सपना तोडिएको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगरले आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीले फेरी प्रतिनिधिसभा विघटन गरेर आँफु सही भन्ने प्रमाणित गर्ने बाटो खोजिरहेको बताए । “२ वर्षपछि केपी प्रधानमन्त्री बन्ने कुरा थियो, अहिले राष्ट्रपतिपनि एमालेबाटै, सभामुख, निर्वाचन आयुक्त, अख्तियार लगायतका संवैधानिक आयोगहरु सबै हातमा लिएर ओलीले सदन विघटन गर्नेवाला थिए”, उनले भने, “मासु कुर्न राखेको कुकुर, दूध कुर्न राखेको विरालो जस्तो हुनेवाला देखेरै त्यो रोक्न नयाँ गठबन्धनमा जानु परेको हो ।”

एमालेले राष्ट्रपति पाएमा थप निरंकुश बन्ने बाटोमा जाने संकेतहरु देखापरेपछि माओवादीले राष्ट्रिय सहमतिको कुरा निकालेको जीकिर गरे । “लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधानलाई गुम्न दिनेछैनौँ”, उनले भने, “प्रचण्डले रणनीति सधै एउटै तर कार्यनितिमा लचकता ल्याएर अगाडी बढ्नुभएको हो ।” गणतन्त्रको अगुवाई गर्ने दललेनै गणतन्त्रविरोधीहरुसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आएपनि अहिले कोर्स सच्चिएको बताए । “सदन विघटनका कुरा, प्रतिगमनका कुरा सदनमा नराख्ने सहमति ओलीले विश्वासको मत लिने दिनमै तोडे”, उनले भने, “त्यही दिनबाट खटपटि सुरु भएको हो, माओवादीलाई सिध्याउने, राजावादीहरुसँग मिल्ने ओलीको लक्ष्यलाई रोकेका हौँ ।”
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img