spot_img
spot_img

सेन्ट्रल कलेजबाट जापानका लागि प्रोसेस चालेका ७५ प्रतिशतभन्दा बढीले प्राप्त गरे सिओई

spot_img
spot_img

बिगत १२ बर्षदेखि जापान जाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको चितवनको नारायणगढमा अवस्थीत सेन्ट्रल कलेजले २०२३ अप्रिल इन्टेकका लागि पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । यस इन्टेकमा सेन्ट्रल कलेजमा अध्ययन गरेका ३ सयबढी विद्यार्थीले सिओई प्राप्त गर्न सफल भएका छन् । कलेजबाट अप्लाई भएका विद्यार्थीको नतिजा सार्वजनिक गर्दा ३ सयबढि विद्यार्थीले सिओई प्राप्त गर्न सफल भएका छन् । अझै डेढसय विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।जापानका लागि प्रोसेस चालेका ७५ प्रतिशतभन्दा बढी विद्यार्थीले सिओई प्राप्त गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले बताए ।

‘सिओई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्र्तवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी हुन्छ’,उनले भने ।सेन्ट्रल कलेजले जापानको विभिन्न सहरका स्कुल, कलेज तथा विश्वविद्यालयमा अप्लाई गरेका विद्यार्थीहरुको ‘२०२३ अप्रिल इन्टेक’ को सिओई नतिजा हालसालै सार्वजनिक भएपछि बधाई समेत ज्ञापन गरेको छ । प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । अझै करिब १ सय ५० विद्यार्थीको नतिजा आउन बाँकी रहेको उनले बताए । ‘सिओई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामिले नै लिन्छौँ’, उनले भने ।टोकियोमा अप्लाई गरेका केहि विद्यार्थीहरुको नतिजा विग्रिएपनि अन्य ठाउँको नतिजा राम्रो आएको पौडेलले बताए । सिओई प्राप्त विद्यार्थी विदेश जाने अवसर ९९ प्रतिशत सुनिश्चित हुने पौडेलको भनाई छ । ‘सेन्ट्रल कलेजले जापान जानका लागि विश्वासिलो परामर्श केन्द्रका रुपमा आफुलाई अगाडि बढाएको छ’, उनले भने ।
सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको उनको भनाई छ ।

सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मूख्य कार्यालय नारायणगढ, र अन्य शाखा कार्यालयहरु बुटवल, पोखरा, कावासोती, दमौली, हेटौँडा लगायतका ठाउँहरुमा पनि सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । कलेजले जापान संगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम समेत गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img