आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम खेलमा बिहीवार यूएईविरुद्ध नेपाल मैदानमा छन् ।
घरेलु मैदान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेल हेर्न २५ हजारभन्दा बढी दर्शक उपस्थित भएका नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
दर्शकहरू बिहानै उत्साहका साथ खेल मैदानमा पुगेका थिए ।