यातायात व्यवस्था सेवा कार्यालय चितवनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्नका लागि बाटो खुलेको छ ।
लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको छ ।यससंगै चितवनबाट सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि बढाउने बाटो खुलेको यातायात ब्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलले बताए ।
न्यायाधिस ईश्वरकुमार खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो ।