spot_img
spot_img

चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति

spot_img
spot_img

युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल – १४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो ।

यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका ४१ जना विद्यार्थीले एकबर्षको लागि छात्रवृत्ति पाउनेछन । उक्त चेक रकम संस्थाले स्कुलका अध्यक्ष एवं प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो । संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीलार्ई लक्षित गर्दै दुईवटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका नारायणगढ शाखाका अध्यक्ष विवेक चाचानले त्यस्ता विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले विद्यालय छनौट गरि छात्रवृत्ति प्रदान गरिएको बताए । यसअघिपनि संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयको पूर्वाधार, शिक्षण सामाग्रीमा सहयोग गर्दै आएको भन्दै संस्थाले अन्य सामाजिक काममा पनि सहयोग गर्दै आएको जानकारी दिए ।

संस्थाका पूर्व अध्यक्ष विकास बर्माले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत देशका विभिन्न भागमा शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरेको बताए । उनका अनुसार संस्थाको कार्यतालिका अनुसार यसैसाता राउण्ड टेबल नेपालले देशका दर्जन भन्दा बढी जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले यो सहयोगले आर्थिक अभाव भएका विद्यार्थीको शैक्षिक उनन्नयनमा टेवा पुग्ने बताए ।

कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यस अघि स्वास्थ्य, तथा अन्य सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए । सो अबसरमा महालक्ष्मी विकास बैंकले छात्रवृत्ति पाएका विद्यार्थीलाई झोला वितरण गरेको थियो । कार्यक्रममा राउण्ड टेबलका पदाधिकारी तथा सदस्य, बैंकका कर्मचारी एवं अभिभावक लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img