spot_img
spot_img

हत्या आरोपित’ एमाले सांसद कोइरीको भएन विदा स्विकृत, अर्को बैठकवाट कारबाही हुने

spot_img
spot_img

हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ।

शुक्रबार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्काे बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख देबराज घिमिरेले भने ।

१० दिनसम्म नियमित रुपमा संसद बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने तथा सत्तारुढ दलका सांसदहरुले आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न सभामुखमाथी दबाब बढाएका थिए । जसका कारण संसद बैठक केही समयका लागि अबरुद्धसमेत हुन पुगेको थियो ।

उता, मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने हिजाेकाे बैठकले स्वीकृत गरेकाे छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img