spot_img
spot_img

रास्वपा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी

spot_img
spot_img
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ । दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् ।

शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । पार्टी संसदीय दलको बैठक भोलि सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।

वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रवार शपथ लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img