spot_img
spot_img

नौ दिन पछि निरु पाण्डे हत्यामा संलग्न झापावाट पक्राउ

spot_img
spot_img

निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापावाट विनोद विकलाई पक्राउ गरेको हो । उनी शनिवार पक्राउ परेका हुन ।

कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौंमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए ।

नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफान्तजनले शनिवार मात्रै काठमाडौंमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै बिशेष छानबिन समिति गठन गरेको थियो । उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए ।नौ दिन पछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आइतवार मात्रै सार्वजनिक गर्ने जनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img