काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई ‘चोर’को संज्ञा दिएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेनले नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् ।“नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,” बालेनले लेखेका छन् ।
पछिल्ला दिनमा बालेनले नेताहरूलाई लक्षित गरेर टिकाटप्पणी गर्दै आएका छन् । दुई हप्ता अगाडि मात्र बालेनले ‘सिंहदरबाका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ बताएका थिए ।