भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताउनुभएको छ । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाई कटाई तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक कार्यक्रम अगाडि बढाईरहेको प्रमुख दाहालले बताउनुभयो ।वडाबाट दैनिक रुपमा ठूलो संख्यामा विदेश जानका लागि सिफारिस लिन आउने पीडादायी अवस्था रहेकाले यसको अन्त्य गर्न महानगरपालिकाले यस वर्ष २ हजार जानलाई निःशूल्क तालिम दिन लागेको जानकारी दिनुभयो ।
मागको आधारमा हुने तालिमको लागि १२ सय जनाको आवेदन परेको र तालिम दिने अन्तिम तयारी भईरहेको उहाँको भनाई थियो ।प्रमुख दाहालले भरतपुरको अन्तर्राष्ट्रिय कृकेट रंगशाला, सिटी हल तथा विभिन्न ठूला अस्पताल निर्माण हुँदा हजारौको संख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो ।