पश्चिम नवलपरासीको सुनवलमा रहेको एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । सुनवल नगरपालिका–५ हर्दियामा बसन्त क्षेत्रीले सञ्चालन गरेको बुद्ध गार्मेन्टमा आगलागी हुँदा तयारी तथा कच्चा कपडा र उपकरणमा नष्ट भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए ।

बर्दघाट नगरपालिका र रामग्रामको दमकल, प्रहरी र स्थानीय बासीन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । गार्मेन्टसँगै रहेको दुई वटा घरमा समेत क्षति पुगेको छ ।