spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

spot_img
spot_img

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।नेपाल प्रहरीले उनलाई अदालतमा उपस्थित गराएपछि अदालतले ३ दिनको अनुमति दिएको हो ।

सन्दीपलाई आज बुटवलबाट काठमाडौँ ल्याएर अदालतमा पेस गरिएको थियो । सन्दीप नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा हुन् । उनी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।नक्कली भुटानी शरणार्थीको नागरिकता प्रकरणमा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सो प्रकरणमा सन्दीपले एक करोडको चेक लिएको पाइएको प्रहरीले जनाएको छ ।यसअघि यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ७ जना पक्राउ परिसकेका छन् । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरीको दाबी छ ।इन्द्रजितका छोरा नीरज राई र बादलका छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

यसअघि प्रहरीले ललितपुर महानगरपालिका–२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img