प्रेस चौतारी नेपाल चितवन शाखाले निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ ।
भरतपुर ११ सिद्धार्थ टोलमा निर्माण गर्न लागिएको भवनको एक समारोहका बीच प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले शिलान्यास गरेका हुन् । सतहत्तर जिल्ला मध्ये चितवन शाखाले पहिलो पटक आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । अन्य शाखा कुनैको पनि आफ्नै जग्गामा भवन छैन् ।
चितवनका व्यवसायी केशव कार्कीले प्रदान गरेको १३ धुरको जग्गामा भवन निर्माण गर्न लागिएको प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पण्डितका अनुसार निर्माण गर्न लागिएको भवन तीन तलाको हुनेछ । जहाँ आवासको समेत व्यवस्था हुने गरि डिजाईन गरिएको छ । पहिलो चरणमा पहिलो तल्ला मात्र निर्माण हुनेछ ।शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले चितवन शाखाले अघि सारेको योजनालाई पूर्णता दिन केन्द्रिय कमिटिको पूर्ण सहयोग रहने वताए । सो अवसरमा उनले आफ्नो व्यक्तीगत तर्फबाट पचास हजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
त्यस्तै प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले पचास हजार तथा युवा नेता वचन कार्कीले पचपन्न हजार ५५५ रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले व्यक्तीगत रुपमा एक टिप ढुंगा सहयोग गर्ने घोषणा गरे ।
