सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको दोश्रो दिन विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरुले सहभागिता जनाए ।प्रदर्शनीमा आठबिस नगरपालिकाका दैलेखका नगरप्रमुख लगायतको टोली, बजुं गाउँपालिका, सुनसरीको टोली, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, गण्डकी प्रदेश उद्योग परिसंघ, घरेलु तथा साना उद्योग कार्यालय सप्तरी र चितवनका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले छुट्टाछुट्टै रुपमा अवलोकन गरेका थिए ।

प्रदर्शनीमा स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएका छन् ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको प्रबद्र्धन सहयोगमा आयोजना गरिएको यस प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक समेत गरी ११० वटा स्टल राखिएको छ ।

औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनीको भोली एक विशेष कार्यक्रमका बीच समापन गरिदैछ ।
