spot_img
spot_img

चित्तौन कचेहेरी : ‘धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुँदैन’

spot_img
spot_img
धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने अधिकारकर्मीले बताएका छन् । नारायणी कला मन्दिर चितवनमा चलिरहेको चित्तौन कचेहेरीमा गरिएको ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।
सामाजिक अभियानकर्मी रुपा सुनारले धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन नहुने दावि गरेकी छन् । ‘दलित समुदायले पुस्तौंदेखि विभेद भोगिरहेको छ । पहिले र अहिलेको विभेदको प्रकृति फरक त भएको छ तर विभेद कायमै छ । यसबाटै उन्मुक्तिका लागि कम विभेदको आशामा धर्म परिवर्तन भइरहेको छ, उनले भनिन् ‘धर्म परिवर्तनबाट जातीय व्यवस्था उन्मुलन हुन्छ भन्नु तावाको माछा भुंग्रोमा गएजस्तै हो ।’ उनले दलित मुक्तिका लागि सोंच र व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखिन् । दलित आन्दोलनभित्र दलित महिलाहरुलाई नेतृत्व दिन तयार नभएको उनले बताईन् ।
सामाजिक अभियान कर्मी विकास विश्वकर्माले ऐन कानुन बनेपनि विभेद हट्न नसकेको बताए । पछिल्लो १० बर्षको तथ्यांक सार्वजनिक गर्दै विश्वकर्माले प्रत्येक तीन महिनामा दलित भएकै कारण एक जना मारिने गरेको बताए। ‘जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बन्यो । तर, २०७८सम्म आउँदा दलित भएकै कारण ४० जना मारिए,’उनले भने, ‘ऐन बनेपनि सामाजिक विभेद हटेन्।’ जातिय विभेदको अन्तय गर्न गैरदलित समुदाय पनि लाग्न उनले अनुरोध समेत गरेका छन् ।
लेखक एवम् अध्येता शिवहरी ज्ञवालीले परिवार र समाजले जातिय भेद्भाव गर्न सिकाएको बताए । नेपालमा २००३ सालदेखि दलित मुक्ति आन्दोलन भएको मानिन्छ । चितवनमा भने २०२०सालदेखि दलित समुदाय संगठित भएर आन्दोलित भएको ज्ञवाली बताए । चितवनको माडी, जुगेडि नारायणघाटमा समेत दलित समुदायले आन्दोलन गरेको बताए । ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ सत्रको सहजिकरण मनोज लोहारले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img